विदेशी मुद्रा दुबई लैजान खोज्ने ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
काठमाडौँ । काठमाडौँबाट अवैध रूपमा लुकाएर विदेशतर्फ लैजान लागेको विदेशी मुद्र्रा सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–९ तुल्सीपुर घर भएका २४ वर्षीय अनिस थापासहित चार जना छन् ।
बुधबार राति हिमालयन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेको अवस्थामा अनिश थापालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआईजी अर्जुन चन्द ठकुरीले बताए ।
अनिशको साथबाट प्रहरीले अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७ र बहराइन दिनार ३ सय ८ बरामद गरेको छ ।
अनिश थापाले लगेजभित्र प्लाष्टिकले बेरेर चाउचाउको बीचमा लुकाएर सो रकम दुबई लैजान लागेका थिए । उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा विदेशी मुद्रा तिलोत्तमा नगरपालिका–९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतले दिएको खुलेको छ । पछि दिपेश रानासहित ३ जना पक्राउ परेका हुन् ।
३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश –०१–०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा पक्राउ परेका थिए । आरोपीहरुलाई प्रहरी वृत गौशालामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ
-
न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ : गृहमन्त्री लामिछाने
-
कांग्रेस महामन्त्री थापाले पत्रकार सम्मेलन गर्दै
-
प्रतिनिधि सभा बैठक स्थगित, सोमबार बिहान ११ बजे बस्ने
-
कांग्रेसले राजनीतिक दमन र दादागिरी देखायो : रवि लामिछाने