मौद्रिक नीति पास गर्न राष्ट्र बैंकको बोर्ड बैठक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आइतबार सार्वजनिक गर्दैछ । सरकारको वित्त नीति (बजेट) सार्वजनिक भएसँगै मौद्रिक नीतिमा केन्द्रित भएको राष्ट्र बैंकले आइतबार बोर्डको बैठक राखेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
आइतबार बिहान ८ बजेदेखि बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी रहेको सूचना अधिकारी नारायणप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘बिहानैदेखि जारी बोर्डको बैठक टुंगिएको छैन । बोर्डले पास गर्ने वित्तिकै चालु आर्थिक वर्षको मौद्रिक नीति वेबसाइटमार्फत सार्वजनिक गर्छौ’ पोखरेलले भने ।
तर, राष्ट्र बैंकको आधिकारिक विज्ञप्ति भने दिउँसो ३ बजे मात्र जारी गरिने उनले जानकारी दिए । केन्द्रीय बैंकले आर्थिक वर्षको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेगरी अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्रको सुधारलाई सन्तुलित राख्ने गरी मौद्रिक नीतिको तयारी गरिएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण