केन्द्रीय समिति बैठकमा शशांकको प्रश्न : हामी कता गइरहेका छौं ?
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य शशांक कोइरालाले पार्टीले सरकारमा जाने मात्रै लक्ष्य लिएको बताएका छन्। अहिले बीपी जीवित भएको भए टाउकामा हात राखेर हाम्रो लक्ष्य के सरकारमा जाने मात्रै हो भन्ने प्रश्न गर्ने उनले बताए ।
आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने, ‘हामीले बिपीलाई बिर्सियौं । उहाँ मेरो स्तरको जनताको परिवार होस् भन्ने चाहनुहुन्थ्यो।’ कठिन अवस्था, आर्थिक अवस्था र कम संख्याको संगठनका बीच पनि बिपीले लक्ष्य हासिल गरेको उनको भनाइ छ।
‘कांग्रेसको लक्ष्य के हो। हामी कता गइरहेका छौं ?,’ उनले भने, ‘खाली सरकार र सत्ता मात्रै। पार्टी रूपान्तरण गर्नुपर्यो ।’ उनले महिलाहरूलाई नेतृत्वमा पुर्याउनुपर्ने बताए। महिलाहरूले संगठनमा काम गर्दा आफू लगातार चार पटक चुनाव जितेको उनको भनाइ छ।
उनले कांग्रेस पनि विकेन्द्रीकृत हुनुपर्ने भन्दै केन्द्रबाट टिकट दिन नहुने बताए। क्रियाशील सदस्य धेरै भए पनि कम भोट प्राप्त भएको उनको भनाइ छ। ‘८०० क्रियाशील भएका क्षेत्रमा २०० भोट मात्रै रूखलाई आएको छ। हामीले कस्तो क्रियाशील बनायौं ? ८ लाख बढी क्रियाशील छन्,’ उनले भने, ‘अलि कडाइ गर्नुपर्यो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण