सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकमा शशांकको प्रश्न : हामी कता गइरहेका छौं  ?

आइतबार, ०७ साउन २०८०, १३ : ५९
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य शशांक कोइरालाले पार्टीले सरकारमा जाने मात्रै लक्ष्य लिएको बताएका छन्।  अहिले बीपी जीवित भएको भए टाउकामा हात राखेर हाम्रो लक्ष्य के सरकारमा जाने मात्रै हो भन्ने प्रश्न गर्ने उनले बताए ।

आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने, ‘हामीले बिपीलाई बिर्सियौं । उहाँ मेरो स्तरको जनताको परिवार होस् भन्ने चाहनुहुन्थ्यो।’  कठिन अवस्था, आर्थिक अवस्था र कम संख्याको संगठनका बीच पनि बिपीले लक्ष्य हासिल गरेको उनको भनाइ छ।

‘कांग्रेसको लक्ष्य के हो। हामी कता गइरहेका छौं ?,’ उनले भने, ‘खाली सरकार र सत्ता मात्रै। पार्टी रूपान्तरण गर्नुपर्‍यो ।’ उनले महिलाहरूलाई नेतृत्वमा पुर्‍याउनुपर्ने बताए। महिलाहरूले संगठनमा काम गर्दा आफू लगातार चार पटक चुनाव जितेको उनको भनाइ छ।

उनले कांग्रेस पनि विकेन्द्रीकृत हुनुपर्ने भन्दै केन्द्रबाट टिकट दिन नहुने बताए। क्रियाशील सदस्य धेरै भए पनि कम भोट प्राप्त भएको उनको भनाइ छ। ‘८०० क्रियाशील भएका क्षेत्रमा २०० भोट मात्रै रूखलाई आएको छ। हामीले कस्तो क्रियाशील बनायौं ? ८ लाख बढी क्रियाशील छन्,’ उनले भने, ‘अलि कडाइ गर्नुपर्‍यो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप