आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बुढानीलकण्ठमा सुन र हिराको गहनासहित ३० लाखको चोरी

आइतबार, ०७ साउन २०८०, १४ : ३७
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । काठमाडौँमा पछिल्लो समय चोरीका घटनाहरू वृद्धि भएको छ । यसै क्रममा बुढानीलकण्ठ नगरपालिका-३ बुढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरबाट विभिन्न सुन तथा हिराका गरगहना र नगद चोरी भएको हो ।

प्रहरीका अनुसार ८ हजार ५ सय रुपैयाँ नगद गरी करिब ३० लाख रुपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप