मौद्रिक नीतिप्रति उद्योगीहरू सकारात्मक
विराटनगर । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे उद्योगीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मौद्रिक नीतिको कार्यदिशा नै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति हुने भनिएकोले यसलाई सकारात्मक मानिने बताएका छन् ।
यस्तै, निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपणबाट लगानी आउने सम्भावना भएको, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गर्ने उल्लेख गरिनु पनि सकारात्मक भएको उनले बताए ।
सहकारी संस्थाहरुलाई प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापना गर्न सहजीकरण गर्ने, नीतिगत दरलाई ६.५ प्रतिशत पुर्याइएको छ । शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्जेज कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने भएको छ ।
त्यस्तै, विदेशी मुद्रा सटही सुविधालाई २५०० अमेरिकी डलर पुर्याइने र ड्रफ्ट/टिटी र डिएपी/डिएएको माध्यमबाट हुने आयातसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने उल्लेख गरिनु सकारात्मक रहेको राउतको धारणा छ ।
यद्यपि, नेपाल राष्ट्र बैंकले ल्याउने निर्देशिकाबाट मात्र यसको बारेमा थप प्रष्ट हुने उनले बताए ।
यस्तै, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले मौद्रिक नीतिमा चालू पुँजी कर्जा परिमार्जन गर्ने विषय तथा बैंकको ब्याज १ प्रतिशत घटाउने निर्णय पनि सकारात्मक रहेको बताए ।
यद्यपि उद्योगका लागि सिंगल डिजिटमै ब्याजदर राखिनुपर्ने बताउँदै उनले धितो कर्जामा पुनरावलोकन गर्ने, घरकर्जाको विषयमा उल्लेख रहेका नीतिगत व्यवस्था भने सकारात्मक रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण