टिभिएसको एओजी राइड सम्पन्न
काठमाडौँ । टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ । ४० राइडरहरुको सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्ट सम्मको यात्रा गरेको थियो ।
युवाहरूको बाइकिङ प्रतिको प्रेमलाई एकै छानो मुनि ल्याउनका साथै राइडरहरु बीचको भाइचारा बढाउन एओजी विगत एक वर्ष देखि लागि परेको छ । राइड सँगै सामाजिक कार्यहरुमा पनि सहयोग पुर्याउँदै आएको एओजीले यस पटक भने बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमाबुवासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण पनि गरेको हो । पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ वटा राइडहरु सम्पन्न गरिसकेको छ जसले गर्दा एओजीमा आबद्ध हुन थप राइडरहरु आकर्षित भइरहेका छन् ।
कार्यक्रमको अन्त्यमा सहभागीहरुले आगामी दिनमा बृद्धाश्रमलाई आ–आफ्नो क्षमता अनुसारको सहयोग गर्ने सङ्कल्प गर्दै बिदा मागेर खर्क रिसोर्ट तर्फ यात्रा गरेका थिए । खर्क रिसोर्ट पुगेर अन्य मनोरन्जनात्मक खेल र कार्यक्रमहरु गर्दै एओजी टिमले आफ्नो यात्रालाई समापन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण