मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजार उकालो लागेको छ । मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै आइतवार शेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।
शेयर धितो कर्जामा जोखिमभार घटाएपछि यो क्षेत्रमा बैंकहरू शेयर कर्जा प्रवाह गर्न उत्साहित हुने देखिएको छ । जोखिमभार घट्ने भएपछि शेयर धितो कर्जा पनि सस्तो हुनेछ ।
यस कारण लगानीकर्ताहरू उत्साहित भएको जानकारहरू बताउँछन् । हाल शेयर धितो कर्जा लगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत छ । यसलाई घटाएर १०० प्रतिशतमा कायम गर्नुपर्ने लगानीकर्ताको माग छ । हाल जोखिमभार बढी भएकै कारण यी क्षेत्रमा कर्जा प्रवाह खासै हुन सकेको छैन ।
त्यस्तै राष्ट्र बैंकले नीतिगत दर पनि घटाएको छ । यसकारण पनि अब विस्तारै ब्याजदर घट्दै जाने देखिन्छ । यस दिन सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५१ प्रतिशत, फ्लोट इन्डेक्स ३ दशमलव १८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ०८ प्रतिशत वृद्धि भएको छ ।
कारोबारमा आएका २६६ धितोपत्रको १ करोड २० लाख २ हजार ३०८ कित्ता शेयर ७५ हजार ८६ पटकमा रू ४ अर्ब ३७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोत्रपमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्ट्सको भएको छ । कम्पनीको रू १४ करोड ८१ लाख बराबरको शेयर खरीद विक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू ६४५ पुगेको छ ।
सर्वाधिक शेयर खरीदविक्री हुनेको सूचीमा दोस्रोमा ज्योति विकास बैंक छ । कम्पनीको रू १३ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबने कांग्रेस सडकमा पनि आउँछ : गगन थापा
-
सर्वोच्चको अन्तरिम आदेशले दोस्रो पटक काम चलाऊ भए मुख्यमन्त्री अधिकारी
-
शिक्षकहरूको काज फिर्ता गर्न देशभरका समन्वय इकाइलाई परिपत्र
-
गण्डकी विवाद : सर्वोच्चले जारी गर्यो अल्पकालीन अन्तरिम आदेश
-
विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता
-
गार्मेन्टको स्वर्णिमयुग फर्काउन बजेटले के–कस्तो व्यवस्था गर्नुपर्छ ?