मस्कोमा युक्रेनको ड्रोन आक्रमण, रुसले भन्यो - आतंकवादी हमलालाई असफल बनायौं

मस्को । युक्रेनले मस्कोमा ड्रोन आक्रामण गरेको छ । रुसले सोमबार युक्रेनले मस्कोमा ड्रोनबाट गरेको आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएको छ ।
रुसी रक्षा मन्त्रालयले यसलाई आतंकवादी हमला भनेको छ । रुसका अनुसार युक्रेनले मस्कोमा आतंकवादी हमलाका लागि २ ड्रोन पठाएको बताएको छ । आक्रमणमा कसैलाई पनि चोटपटक लागेको छैन ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले दुईवटा गैर आवासीय भवनमा बिहान ४ बजे आक्रमण भएको बताए। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक दिनअघि रुसबाट बदला लिने कुरा गरेपछि मस्कोमा यो हमला भएको हो ।
वास्तवमा ग्रेन डीलबाट बाहिरिएपछि रूसले गत हप्ता ब्ल्याक सी नजिकैको ओडेसाको युक्रेनी बन्दरगाहमा आक्रमण गर्यो। जेलेन्स्कीले भनेका थिए– उनीहरू (रूस) ले पनि त्यस्तै महसुस गर्नेछन् जसरी हामीले गरिरहेका छौं।’
रुसी समाचार एजेन्सी टासका अनुसार एउटा ड्रोन रुसको रक्षा मन्त्रालय नजिकको कोम्सोमोल्स्की प्रोस्पेक्टमा खसेको थियो भने अर्को लिखाचेभा स्ट्रिटको व्यापारिक केन्द्रमा खसेको थियो । यसपछि रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनी दुई ड्रोन खसालेको बताएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगरको बेरूजु : काठमाडौँको सबैभन्दा धेरै, अन्य कसको कति बेरूजु ?
-
टिकटक लाइभ भइरहँदा ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या
-
भ्याट विवादबिच अन्तर्राष्ट्रिय विमानलाई अर्को झड्का, १३ कम्पनीबाट २ अर्ब ३१ करोड असुल्न निर्देशन
-
दमक भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न दिने, यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय
-
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री