काठमाडौँमा बृहत् कार्यक्रम गर्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय
सारांश
- संयुक्त लोकतान्त्रिक मोर्चाले काठमाडौँमा बृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ।
- मोर्चाको बैठकले कार्यक्रमको मिति, स्वरूप र व्यवस्थापन सम्बन्धी जिम्मेवारी सचिवालयलाई दिएको छ।
- विभिन्न पहिचानवादी सङ्गठन तथा पार्टीहरूलाई मोर्चामा समावेश गराउने सहमति भएको छ।
- मोर्चाले लोकतान्त्रिक अधिकार, समानता र सामाजिक न्यायको पक्षमा आवाज उठाउनेछ।
काठमाडौँ । संयुक्त लोकतान्त्रिक मोर्चाले राजधानी काठमाडौँमा बृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ। आज लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय काठमाडौँमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले कार्यक्रमको मिति, स्वरूप र व्यवस्थापन सम्बन्धी जिम्मेवारी मोर्चाको सचिवालयलाई दिएको छ । बैठकले मोर्चाको सचिवालय गठन गर्ने निर्णय समेत गरेको छ। उक्त सचिवालयले आगामी दिनमा काठमाडौँमा आयोजना हुने कार्यक्रमको मोडल र समय निर्धारण गर्नेछ।
मोर्चालाई अझ बृहत् बनाउँदै लैजाने निर्णयसमेत बैठकले गरेको छ। यसका लागि विभिन्न पहिचानवादी सङ्गठन तथा पार्टीहरूलाई मोर्चामा समावेश गराउने सहमति भएको राष्ट्रिय मुक्ति पार्टीका नेता रामनरेश राई यादवले जानकारी दिए।
उनका अनुसार मोर्चा लोकतान्त्रिक अधिकार, समानता र सामाजिक न्यायको पक्षमा सशक्त आवाज उठाउने साझा मञ्चको रूपमा अघि बढ्नेछ। लोसपा नेपालका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले संसदमा प्रस्तुत भूमि सम्बन्धी अध्यादेशको बारेमा मोर्चाले साझा अवधारणा बनाउने निर्णय भएको बताए ।
त्यस्तै संविधान संशोधनको विषयमा मोर्चाको सचिवालय एक अवधारणा तयार गर्ने त्यो अनुसार अगाडि बढ्ने निर्णय भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण