भ्याट विवादबिच अन्तर्राष्ट्रिय विमानलाई अर्को झड्का, १३ कम्पनीबाट २ अर्ब ३१ करोड असुल्न निर्देशन

काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले १० अन्तर्राष्ट्रिय विमान कम्पनीबाट २ अर्ब ३१ करोड रुपैयाँ असुली गर्न निर्देशन दिएको छ । कार्यालयको ६२ औँ प्रतिवेदनमा महालेखा परीक्षकको कार्यालयले गैरबासिन्दा विमान कम्पनीबाट सो बराबरको रकम असुल्न निर्देशन दिएको हो ।
आयकर ऐन २०५८ को दफा ७० ले नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतको दरले कर लाग्ने व्यवस्था गरेको भन्दै महालेखाले आर्थिक वर्ष २०८०/८१ मा १३ वटा गैरबासिन्दा हवाई कम्पनीले नेपालबाट उडान गर्दा कर दाखिला गरेको नपाइएकोले नियमानुसार २ अर्ब ३१ करोड ५५ लाख २८ हजार रुपैयाँ र सोमा लाग्ने शुल्क र ब्याज असुल उपर गर्नुपर्ने उल्लेख गरेको हो ।
यसरी असुल गर्नुपर्ने विमान कम्पनीहरूमा एयर अरेबियाबाट १७ करोड ९७ लाख ८८ हजार, सिंगापुर एयरलाइन्सबाट १६ करोड ७६ लाख १५ हजार, फ्लाई दुबई र एयर अरेबिया अबुदाबीबाट बाट ८८ करोड १ लाख ८० हजार, एयर जजिराबाट २१ करोड ९ लाख २५ हजार, द्रुक एयरलाइन्स (रोयल भुटान) र भुटान एयरलाइन्सबाट ४ करोड ९६ लाख २४ हजार रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, टर्किस एयरबाट १५ करोड ६५ लाख ९४ हजार रुपैयाँ, ओमन एयरबाट १ करोड ७३ लाख ५९ हजार, मलेसियन एयरलाइन्स र बाटिक एयरबाट १९ करोड २१ लाख ८८ हजार, श्रीलंकन एयरबाट ९ करोड १८ लाख ४४ हजार र एयर हङकङबाट ३६ कारेड ९४ लाख ११ हजार र क्थाथी प्यासिफिक एयरबाट ३६ करोड ९४ लाख ११ हजार रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले नेपालबाट दोस्रो मुलुकदेखि गन्तव्य मुलुकमा जाँदा लाग्ने भाडामा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले अन्तर्राष्ट्रिय जगतमा नेपाली आकाशको प्रतिस्पर्धात्मक क्षमता घट्ने भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् ।
तर, अहिलेसम्म सरकारले यस्तो भ्याटमा छुट दिन मानेको छैन । यो अवस्थामा महालेखाले आयकर असुल्न निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण
-
सगरमाथा संवाद र बिर्सिन नहुने केही सवाल
-
‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं’
-
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
-
देशमा चार वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा