लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने
काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने निर्णय गरेको छ। बिहीबार लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले सचिवालय गठन गर्ने निर्णय समेत गरेको छ। उक्त सचिवालयले आगामी दिनमा काठमाडौंमा आयोजना हुने कार्यक्रमको मोडल र समय निर्धारण गर्नेछ।
मोर्चालाई अझ बृहत बनाउँदै लैजाने निर्णयसमेत बैठकले गरेको छ। यसका लागि विभिन्न पहिचानवादी संगठन तथा पार्टीहरूलाई मोर्चामा समावेश गराउने सहमति भएको राष्ट्रिय मुक्ति पार्टीका नेता रामनरेश राई यादवले जानकारी दिए।
उनका अनुसार मोर्चा लोकतान्त्रिक अधिकार, समानता र सामाजिक न्यायको पक्षमा सशक्त आवाज उठाउने साझा मञ्चको रूपमा अघि बढ्नेछ।
लोसपा नेपालका उपाध्यक्ष सर्वन्द्रनाथ सुक्लाले संसदमा प्रस्तुत भूमि सम्बन्धि अध्यादेशको बारेमा मोर्चाले साझा अवधारणा बनाउने निर्णय भएको बताए । त्यस्तै संविधान संशोधनको विषयमा मोर्चाको सचिवालय एक अवधारणा तयार गर्ने त्यो अनुसार अगाडि बढ्ने निर्णय भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण