अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री
बिहीबार, ०१ जेठ २०८२, १६ : २४

समाचार सारांश
- सञ्चारमन्त्रीले गभर्नर नियुक्ति छिट्टै हुने बताए।
- उपप्रधानमन्त्रीको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरिएको छ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिट्टै हुने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई/चार दिनभित्रै नियुक्ति हुने बताएका हुन् ।
उनले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए । उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहेको तीन सदस्य सिफारिस समिति गठन गरेको बताए ।
मन्त्री गुरुङले हिमाली देशहरु जलवायु परिवर्तनका कारण बढी प्रभावित भएको भन्दै सगरमाथा संवादले विश्वको ध्यान केन्द्रित गर्दै विश्वव्यापी एजेण्डा स्थापित गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?