सारुकको निधनपछि के हुन्छ ‘ह्यासट्याग माया’ ?
काठमाडौँ । फिल्म ‘ह्यासट्याग माया’को निर्माण कार्य अहिले रोकिएको छ । अभिनेता सारुक ताम्राकारको आत्महत्यासँगै फिल्मको सम्पूर्ण कार्य रोकिएको हो । फिल्म अव निर्माण हुन्छ, हुँदैन । अहिले भन्न सक्ने अवस्था छैन ।
सारुको निधनको दिनसम्म फिल्म छायाङ्कनमा थियो । फिल्मको लगभग ३५ प्रतिशत छायाङ्कन सकिएको थियो । सारुकको निधनपछि फिल्म फेरि पुरै छायाङ्कन गर्नुपर्ने चुनौती निर्माण युनिटलाई छ । फिल्मका निर्देशक राजीव गुरुङ हुन् ।
निर्देशक गुरुङ भने फिल्म निर्माण पुरा गर्ने सोचमा छन् । फिल्मको कलाकारदेखि प्राविधिकसम्मको लगानी भएकोले आफू चलचित्रलाई पूर्णता दिने पक्षमा रहेको निर्देशक गुरुङले बताए । ‘फिल्म निर्माणको विषयमा म साथीहरूसँग छलफलमा छु । सम्भवतः फिल्म निर्माण हुन्छ’, गुरुङले थपे ।
फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिकामा छिन् । फिल्ममा रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायत पनि कलाकारको रूपमा छन् ।
फिल्मका कार्यकारी निर्मातामा अनुप पौडेल हुन् । फिल्म निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
-
वनलाई उद्योग र अर्थतन्त्रसँग जोड्न माग
-
आफ्नै रेकर्ड तोड्दै नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन
-
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च
-
मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस
-
मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण