झण्डै ४ खर्बले बजेट घाटामा जाँदा सरकारी खाता ऋणात्मक
काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को बजेट झन्डै ४ खर्ब रुपैयाँले घाटामा जाँदा सरकारी खाता ऋणात्मकमा गएको छ । असार मसान्तसम्म १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख बजेट खर्च गरेको सरकारले यस अवधिमा जम्मा १० खर्ब ५ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो ।
आर्थिक वर्षको बजेट कार्यान्वयनमा सरकारलाई ३ खर्ब ९७ अर्ब ८७ करोड १९ लाख रुपैयाँ खुद घाटा लाग्न पुगेको छ । फलस्वरुप उक्त वर्ष सरकारलाई एक रुपैयाँ पनि बचत हुन सकेन ।
आर्थिक वर्ष २०७८/९ बाट अघिल्लो वर्ष सरकारलाई ११ अर्ब ७ करोड रुपैयाँ भुक्तानीयुक्त बचतमा रहेको थियो ।
सरकारी बचत १ खर्ब ८० अर्बले घट्यो
आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा सरकारी निक्षेप १ खर्ब ८० अर्ब रुपैयाँले घट्न पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा सबै बैंक तथा वित्तीय संस्थाहरूमा गरी सरकारी निक्षेप २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख ५४ हजार रुपैयाँ रहेकोमा आर्थिक वर्षको असार मसान्तसम्ममा घटेर ४५ अर्ब ११ करोड ५७ लाख २२ हजार रुपैयाँमा झरेको हो ।
यो निक्षेप स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारको समेतको संयुक्त निक्षेप हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण