नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जित्यो अवार्ड
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि युरोमनी–अवार्ड फर एक्सेलेन्स अवार्डबाट सम्मानित भएको छ ।
युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो ।
यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो । वर्षभरिको कार्यसम्पादन ,रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष बैंकलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण