राजनीति
केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा
बुधबार, १० साउन २०८०, १० : ४८
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टीका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ ।
आगामी साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डाका विषयमा छलफल हुने एक नेताले बताए । ‘साउन १७ गतेदेखि तीन दिनसम्म केन्द्रीय समिति बैठक बस्दै छ । त्यस बैठकको एजेण्डा के के बनाउने भन्ने सम्बन्धमा छलफल हुनेछ’ ती नेताले भने ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा भएकाले श्रेष्ठको अध्यक्षमा पदाधिकारी बैठक बसिरहेको हो । बैठक साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा बस्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण