शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा

बुधबार, १० साउन २०८०, १० : ४८
बुधबार, १० साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टीका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ । 

आगामी साउन १७ गते बस्ने केन्द्रीय समिति  बैठकको एजेण्डाका विषयमा छलफल हुने एक नेताले बताए । ‘साउन १७ गतेदेखि तीन दिनसम्म केन्द्रीय समिति बैठक बस्दै छ । त्यस बैठकको एजेण्डा के के बनाउने भन्ने सम्बन्धमा छलफल हुनेछ’ ती नेताले भने ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा भएकाले श्रेष्ठको अध्यक्षमा पदाधिकारी बैठक बसिरहेको हो । बैठक साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा बस्ने तयारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप