शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउथको ‘धुमम्’ नेपाल पनि रिलिज हुने

बुधबार, १० साउन २०८०, ११ : ५७
बुधबार, १० साउन २०८०

काठमाडौँ । दक्षिण भारतीय (साउथ) फिल्म ‘धुमम्’ नेपाल पनि रिलिज हुने भएको छ । फिल्म आगामी शुक्रबारबाट नेपालमा रिलिज हुन लागेको हो । निर्माता तथा बितरक सुनिल सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले नेपाल प्रदर्शनका लागि फिल्मको अधिकार लिएको हो ।

फहाद फासिलको मुख्य भुमिका रहेका फिल्म भारतमा गत जुन २३ मा मललायम र कन्नड भाषामा रिलिज भएको थियो । उक्त प्रदर्शनबाट राम्रो सकिक्षा बटुल्न सफल फिल्म यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा ओटिटी प्लेटर्फममा रिलिजको तयारीमा छ ।

पवन कुमारको निर्देशन रहेको फिल्मलाई दक्षिण भारतको होम्बले फिल्मसले निर्माण गरेको हो । फिल्ममा फासिलका अलवा अपर्णा बालमुरली, रोशन म्याथ्यु, विनित राधाकृष्ण, अनु मोहन लगायतको अभिनय छ ।

यस ब्यानरबाट यसअघि ‘केजिएफ’ र ‘केजिएफ २’ जस्ता सफल फिल्म निर्माण भएको थियो । यस ब्यानरबाट अहिले फिल्म ‘सलार’ निर्माण भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप