राष्ट्र बैंकले पेन्सन कोषको ४१ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले १ वर्षका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।
२०८० साउन १६ गतेदेखि आगामी वर्ष २०८१ साउन १६ गतेसम्म कूल ३६५ दिन मुद्दती निक्षेपमा राख्ने बैंकले जनाएको छ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले साउन १२ गते बेलुका ७ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार कूल ४१ करोडमध्ये ३२ करोड ८० लाख रुपैयाँ वाणिज्य बैंकमा राखिनेछ भने ६ करोड १५ लाख रुपैयाँ विकास बैंक र २ करोड ५ लाख रुपैयाँ फाइनान्स कम्पनीहरुका राखिने छ ।
तर निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र कूल कर्जा लगानीको ५ प्रतिशत खराब कर्जा नकटेको हुनुपर्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण