शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'महाबचत बजारमा ग्राहकहरुले ७०% सम्म डिस्काउन्ट र मेगा भाउचरमा रु ३००० बराबरको छुट पाउन सक्छन्'

बुधबार, १० साउन २०८०, १७ : ४२
बुधबार, १० साउन २०८०

दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक हालै घोषणा गरेको थियो । दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित  सपिङ्ग, सामान डेलिभरी र अन्य  थुप्रै सेवाहरु प्रदान गर्दछ | दराजको हेड अफ मार्केटिङ विधा प्रधानसँग ‘महाबचत बजार’ को विषयमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ-

दराज महाबचत बजार कस्तो अभियान हो ? 
महाबचत बजार दराजको एक प्रमुख अभियान हो जसमा ग्राहकहरुले पायक पर्ने मूल्य र थुप्रै अफरको साथमा सामानहरु प्राप्त गर्न सक्छन् | यस अभियानमा ग्राहकहरुले आफूलाई मन परेको सामान मात्र नभै त्यही सामानहरुलाई थुप्रै डिस्काउन्ट र अफरको साथमा  पाउन सक्छन् | महावचत बजारमा ग्राहकहरुले ७०% सम्म डिस्काउन्ट र मेगा भाउचरमा रु ३००० बराबरको छुट पाउन सक्छन् | त्यसैगरी, अब बैंक कार्डबाट प्रि-पेमेन्ट गरी सपिङ गर्दा रु १५०० सम्मको छुटको पनि लाभ लिन सकिन्छ |

अब तपाईंले आफ्नो मोबाइलको प्लेस्टोरमा गई दराज एप डाउनलोड गरेर आफुलाई मन पर्ने सामान छानी छानी अर्डर गर्न सक्नुहुनेछ |

केही गरी तपाईंले भनेजस्तो सामान आएन भने तपाईंले सरल तरिकामा सामान रिटर्न गर्न सक्नुहुन्छ | त्यसको लागि तपाईंले आफ्नो दराज अकाउन्टमा गएर उचित प्रक्रियाहरु फलो गर्दै सामान रिटर्न गर्न सक्नुहुन्छ | 

 ई-कमर्स जगतमा ग्राहकहरुको सपिङ अनुभवले धेरै फरक पार्दछ, दराजले आफ्नो ग्राहकहरुको सपिङ अनुभव सरल बनाउन कस्तो पहलहरु अगाडि बढाएको छ? 

दराजले आफ्नो ग्राहकहरुलाई सरल अनुभव प्रदान गर्न धेरै पाइलाहरु चालेको छ | विगतका धेरै वर्षदेखी नै दराजले आफ्नो प्लेटफर्ममा सपिङ सरल बनाउन “भेरीफाईड बाइ दराज” जस्ता पहलहरुको कार्यान्वयन गर्दै आएको छ | ‘भेरीफाईड बाइ दराज’ भनेको दराजले प्रदान गर्ने एक ब्याज हो जसले ग्राहकहरुलाई कुन सामान गुणस्तरीय र भरपर्दो छ भनेर बुझ्नको लागि मद्दत गर्दछ | यस विधामा भएको सामानहरु कि दराजको वेरहाउस वा विश्वसनीय विक्रेताहरुबाट मात्र डेलिवेरी हुने गर्छ | तसर्थ, यसभित्र दराजले  गुणस्तर प्रोडक्टहरु मात्र विक्री गर्दछ | 

दराज भेरीफाईड प्रोडक्टहरुमा 'भेरीफाईड बाइ दराज’ को ब्याजहरु हुने भएकाले ग्राहकहरुले सजिलैसँग पहिचान गर्न सक्नुहुनेछ | 

ग्राहकहरुले कसरी 'भेरीफाईड बाइ दराज’ को प्रोडक्टहरु खोज्न/भेट्न सक्छन्? यसको प्रकृया कस्तो छ? त्यसैगरी को फाईदाहरु के के छन्?

'भेरीफाईड बाइ दराज’ को प्रोडक्टहरु खोज्न/भेट्न ग्राहकहरुले सजिलो चरणहरू अपनाउन सक्छन् | यसको लागि सर्च रिसल्ट पेज अथवा क्याटेगोरी न्याभिगेसन पेजमा ‘services’ को मुनी ‘'Daraz Verified'  फिल्टर प्रयोग गरेर आफुलाई चाहिएको सामान खोज्न सक्छन् |

'भेरीफाईड बाइ दराज’ को थुप्रै फाईदाहरु छन् जसमध्ये सुरक्षित र विश्वसनीय पहुँच एक प्रमुख उदाहरण हो | ग्राहकहरुले अब सजिलैसँग छोटो प्रकृया अपनाएर 'भेरीफाईड बाइ दराज’ को प्रोडक्टहरु किन्न सक्नेछन् | यसमा विश्वसनीय विक्रेताबाट उच्च मूल्याङ्कन्कित प्रोडक्टहरु हुने भएकाले ग्राहकहरुलाई गुणस्तरमा कुनै समस्या नपर्ने पनि बुझिएको छ |

त्यसैगरी, 'भेरीफाईड बाइ दराज’ को प्रोडक्टहरु भरपर्दो हुने गर्दछ | उच्चस्तरिय प्याकेजिङका साथमा सरल र सुरक्षित तरिकामा सामान डेलिभरी हुने भएकाले यो अहिले ग्राहकहरुको माझ एकदमै लोकप्रिय भएको छ |

दराजमा २०२३ मा भएको नयाँ परिवर्तन के कस्तो छ?  ग्राहकहरुलाई दराजको नयाँ पहलहरुबारे कतिको जानकारी छ?

२०२३ लाई लिएर हेर्ने हो भने दराजमा धेरै कुराहरु परिवर्तन र धेरै नयाँ कुराहरु विस्तार भएका छन् | ति मध्ये ‘Ask Daraz,’ ‘Everyday low prices,’ ‘Verified by Daraz,’ र ‘Only on Daraz’ हरु प्रमुख हुन् |

अनलाइन सपिङमा आउने कुनै पनि समस्याहरु ग्राहकहरुले सजिलैसँग दराजमाझ राख्न सक्छन् | यसका लागि उनिहरुले हालसालै रिलिज भएको ‘Ask Daraz’ भन्ने च्याटबटबाट सहायता लिन सक्छन् | त्यसैगरी दराजले सामाजिक सन्जालहरुबाट पनि ग्राहकको गुनासोहरुलाई सम्बोधन गर्दछ | ‘Everyday Low Price’ अन्तर्गत ग्राहकहरुले अब हरेक दिन न्युन खर्चमा किफायती सामानहरु प्राप्त गर्न सक्छन् | त्यसैगरी, ‘Only On Daraz’ मा दराजले आफ्नो नेपालभरी नै आफ्नो प्लेट्फर्ममा मात्र पाउने सामानहरु प्रदान गर्दछ |

यि सुविधाहरु हालसालै रिलिज भएता पनि ग्राहकहरुमाझ बढ्दो क्रममा लोकप्रिय हुँदै छ | हामीले ग्राहकहरुको सपिङ अनुभवलाई मध्यनजर गर्दै उनिहरुमाझ आउने समस्या सुल्झाउन यि सेवाहरु ल्याएका हौ र उनिहरुलाई उचित समाधान प्रदान गर्नु पर्छ भन्ने कुरामा कुनै दुई मत छैन |


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप