मिटरब्याज पीडितहरू आन्दोलित भइरहेका बेला लगानीकर्ता पनि आन्दोलित
सारांश
- मिटरब्याज पीडितहरू आन्दोलित भइरहँदा लगानीकर्ताहरू पनि आन्दोलित भएका छन् ।
- लगानीकर्ता लेनदेन पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
- उनीहरूले मिटरव्याज पीडित संघर्ष समितिद्वारा सरकारसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गरेका छन् ।
जनकपुरधाम । मिटरब्याज पीडितहरू आन्दोलित भइरहेका बेला यसका लगानीकर्ताहरू पनि आन्दोलित बनेका छन् ।
लगानीकर्ता लेनदेन पीडित सङ्घर्ष समितिको नामबाट आन्दोलनमा उत्रिएका उनीहरूले आज जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउन जाने क्रममा उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रशासन कार्यालय अगाडि चर्का नाराबाजी समेत गरेका थिए । उनीहरूले मिटरव्याज पीडित संघर्ष समितिसँग सरकारले गरेको ९ बुँदे सम्झौता खारेजीको मागसमेत गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भुदेव झाले संघर्ष समितिको नाममा आएका उनीहरूले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको बताए । संघर्ष समितिका अनुसार आज देशैभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुसार धनुषामा पनि बुझाइएको हो।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण