जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
सारांश
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनकपुरधामका होटल र पानी उद्योगमा अनुगमन गरी तीन व्यवसायलाई कारबाही तथा निर्देशन दिएको छ।
- इनेजिक केगंन वाटर उद्योगले मापदण्डविपरीत 'अल्कालाइन वाटर' बिक्री वितरण गरेको र उद्योगको नाम परिवर्तन गरेको पाइएपछि तत्काल बिक्री रोक्न निर्देशन दिइएको छ।
- श्री होटल मिथिला चिरायू र सौरभ खाउँ खाउँ चाट पसलमा सरसफाइको कमी, खानामा मसी लागेको पत्रिका प्रयोग र पकाएको खाना सुरक्षित तापक्रममा नराखेको पाइएपछि सुधार गर्न निर्देशन दिइएको छ।
धनुषा । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनकपुरधामका विभिन्न होटल तथा पानी उद्योगमा स्थलगत अनुगमन गरी कारबाही गरेको छ।
खाद्य स्वच्छता तथा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको उजुरी आएपछि विभागअन्तर्गतको जनकपुरधाम कार्यालयले गत साउन ५ गते अनुगमन गरेको थियो। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार तीनवटा व्यवसायलाई कारबाही तथा निर्देशन दिएको छ।
अनुगमनका क्रममा जनकपुरधाम-८ मा रहेको इनेजिक केगंन वाटर उद्योगले मापदण्डविपरीत काम गरेको पाइएको छ। सो उद्योगले प्रशोधित पिउने पानी उत्पादन गर्न सिफारिस लिएको थियो। तर उसले २० लिटरको जारमा ‘अल्कालाइन वाटर’ बिक्री वितरण गरेको भेटियो।
साथै उसले उद्योगको नामसमेत परिवर्तन गरेर ‘मिराकल वाटर उद्योग’ राखेको विभागले जनाएको छ। विभागले हाललाई सो उद्योगबाट उत्पादित अल्कालाइन वाटर बिक्री वितरण नगर्न निर्देशन दिएको छ। सम्पूर्ण कागजातसहित कार्यालयमा उपस्थित हुन पनि उसलाई भनिएको छ।
यसैगरी जनकपुरधाम-१० मा रहेको श्री होटल मिथिला चिरायूमा पनि टोलीले अनुगमन गरेको थियो। त्यहाँ सरसफाइको कमी हुनुका साथै मसीले छापिएको पत्रपत्रिका खानाको सिधा सम्पर्कमा आउने गरी प्रयोग गरेको पाइयो। विभागले होटललाई सरसफाइमा ध्यान दिन र खानामा पत्रिका प्रयोग नगर्न निर्देशन दिएको छ।
जनकपुरधाम-४ को सौरभ खाउँ खाउँ चाट पसलको अवस्था पनि उस्तै पाइएको छ। सो पसलमा पनि खानाको सिधा सम्पर्कमा मसी लागेको पत्रिका प्रयोग गरिएको र सरसफाइमा कमी रहेको भेटियो। यसका अलावा पकाएको खाना सुरक्षित तापक्रममा नराखेको समेत अनुगमन टोलीले फेला पारेको छ। विभागले चाट पसललाई सरसफाइमा ध्यान दिन र पकाएको खाना सुरक्षित तापक्रममा भण्डारण गर्न भनेको छ।
सबै व्यवसायलाई नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार मापदण्ड कायम गर्न निर्देशन दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
-
चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण