आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश चलाउने केन्द्रीकृत मानसिकता भत्काउनुपर्छ : शाही

आइतबार, १० साउन २०८३, १३ : ५४
आइतबार, १० साउन २०८३

सारांश

  • कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले प्रदेश चलाउने केन्द्रीकृत मानसिकता भत्काउनुपर्ने बताएका छन् ।
  • उनले काठमाडौँमा पानी पर्दा सुर्खेतमा छाता ओढ्ने परम्परागत मानसिकतालाई भत्काउने प्रयास गरिएको बताए ।
  • शाहीले यस पटक पूर्ण सफलता नमिले पनि राजनीतिक वृत्तमा नयाँ बहसको थालनी भएको र मोफसलको अस्तित्व, स्वाभिमान र एजेन्डा हुनुपर्छ भन्ने विचारको बीजारोपण गरिएको बताएका छन् ।

सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले केन्द्रले प्रदेश चलाउने केन्द्रीकृत मानसिकता भत्काउनु पर्ने बताएका छन् ।

नेकपाको सहयोगले यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याइ कँडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै उनले यस्तो बताएका हुन् ।

उनले उक्त केन्द्रीकृत मानसिकता भत्काउने प्रयास गरिएको बताए । तर केन्द्रमा एमाले—नेकपाबिच प्रदेश सत्ता समीकरण बनेसँगै प्रयास असफल बनेको पनि उनले बताएका छन् ।

‘काठमाडौँमा पानी पर्दा सुर्खेतमा छाता ओढ्ने विगतको परम्परा र मानसिकतालाई भत्काउने हाम्रो सत्प्रयास थियो,’ उनले सामाजिक सञ्जालमा लखेका छन्, ‘दुर्भाग्यवश, त्यही पुरानै सोचका अगाडि हाम्रो प्रयासले यस पटक सार्थकता पाउन सकेन ।’

आफूहरू यस पटक पूर्ण सफल हुन नसके पनि, परिणाम आफ्‌नो पक्षमा नआए पनि राजनीतिक वृत्तमा एउटा नयाँ, दूरगामी र सशक्त बहसको थालनी गर्न सफल भएको शाहीले बताएका छन् ।

साथै, मोफसलको आफ्नै अस्तित्व, स्वाभिमान र एजेन्डा हुनुपर्छ भन्ने विचारको बीजारोपण गरिएको पनि उनले बताए ।

‘बीउ रोपिसकेपछि फल लाग्न समय लाग्न सक्छ, तर अङ्कुर उम्रिनबाट कसैले रोक्न सक्दैन,’ उनले भने, ‘यो नै हाम्रो मुख्य वैचारिक र नैतिक जित हो ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप