सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ

सोमबार, ११ साउन २०८३, १३ : १५
सोमबार, ११ साउन २०८३

सारांश

  • मोरङमा एक बालिकालाई प्रलोभनमा पारी दुई छुट्टाछुट्टै क्याफेमा लगेर जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
  • प्रहरीका अनुसार, बालिकालाई सुरुमा सिटी चालकले युमी क्याफेमा पुर्‍याई जबरजस्ती करणी गरेको र पछि सोही क्याफेका सञ्चालकले पनि त्यही कार्य गरेको उजुरी परेको छ।
  • त्यसपछि अर्को एक क्याफेमा लगेर सामूहिक जबरजस्ती करणी गरिएको भन्दै पीडितले उजुरी दिएपछि घटनामा संलग्न पाँचै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ । मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

गएको साउन ३ गते बिहान मोरङ सुनबर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक १८ वर्षका मोहम्मद अरमानले ललाइफकाइ रंगेली नगरपालिका–०३ स्थित युमी क्याफेमा पुर्‍याएका थिए। 

त्यहाँ विभिन्न प्रलोभनमा पारी अरमानले जबरजस्ती करणी गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक २१ वर्षका सुमन कुमार साहले पनि बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

यसैगरी, साउन ४ गते राति अन्दाजी २१:०० बजेको समयमा पीडित बालिकालाई रंगेली नगरपालिका–०७ का २० वर्षका करण मण्डलले रंगेली–०७ स्थित संसारी मन्दिर नजिकै रहेको ‘द नाइन्टीज’ क्याफेमा लगेका थिए। त्यहाँ मण्डलसहित १८ वर्षका प्रियान्सु साह र १८ वर्षका रितिक यादवले सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको छ।

घटनाबारे उजुरी परेपछि साउन १० गते दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा रंगेली–०३ आमतोला बस्ने १८ वर्षका मोहम्मद अरमान, सुनबर्षी–०९ बस्ने २१ वर्षका सुमन कुमार साह, रंगेली–०७ हर्दी टोल बस्ने २० वर्षका करण मण्डल, रंगेली–०७ बस्ने १८ वर्षका प्रियान्सु साह र रंगेली–०६ बस्ने १८ वर्षका रितिक यादव रहेका छन्।

पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप