तस्बिरमा हेर्नुहोस् कालीमाटीमा किसानहरुको धर्ना
काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ । बिहीबार बिहान सञ्चालले कार्यालय अघि भेला भई धर्ना दिएको हो ।
उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाउन माग गर्दै धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रको आन्दोलन सुरु भएको बताए । उनले सरकारले किसानको हक हितविरुद्धका नीतिहरु बनाउँदै गए आन्दोलन झनै चर्काउने चेतावनी दिए । उनले मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नपु¥याउन चेतावनी दिए ।
उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाइयोस्, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर् लगायतका प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
-
५ जना मृत अवस्थामा फेला
-
अस्वस्थकर मासुका परिकार बेच्ने ‘जिरे खुर्सानी दरबार’ लाई दुई लाख ५ हजार जरिबाना
-
के अझै फ्रान्स नै प्रबल दाबेदार हो, स्पेनले सक्ला रोक्न ?
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण