प्रेमी भेटन चिनियाँ महिला पाकिस्तान पुगिन्, प्रहरीले दियो सुरक्षा
इस्लामबाद । आजकल सीमापार प्रेम कथाहरु चर्चामा छन्। पाकिस्तानी सीमा हैदर र भारतीय अन्जुको चर्चा परिचर्चा भइरहेको बेला एक चिनियाँ महिलाको प्रेम कथा बाहिर आएको छ । पाकिस्तानी प्रहरीले बिहीबार एक चिनियाँ महिला आफ्नो प्रेमीलाई भेट्न खैबर पख्तुनख्वा प्रान्त पुगेकी बताएको छ । उनीहरुको सामाजिक सञ्जालमा भएको मित्रता प्रेममा परिणत भएको थियो ।
चिनियाँ महिलाको नाम सुन गाओ फेङ भनिएको छ, जो २१ वर्षकी छिन् र यी महिलाको प्रेमीको नाम जावेद हो । यी दुई प्रेमीहरूको विशेष कुरा के छ भने भरत अन्जुको फेसबुक प्रेमी खैबर पख्तुनख्वाको अपर दिर जिल्लामा बस्छन् र यी चिनियाँ महिलाको प्रेमी तल्लो दिर जिल्लामा बस्छन्।
मिडिया रिपोर्टका अनुसार चीनका गाओ फेङ तीन महिनाको पर्यटक भिसामा चीनबाट गिलगिट हुँदै सडक मार्गबाट बुधबार इस्लामाबाद पुगेकी थिइन । प्रहरीका अनुसार जावेद मूल रूपमा खैबर पख्तुनख्वाको आदिवासी बाहुल्य क्षेत्रमा पर्ने बाजौर जिल्लाका बासिन्दा हुन्।
अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लाको सुरक्षा अवस्थाका कारण जावेदले ती महिलालाई गृह नगरको सट्टा तल्लो दिर जिल्लाको समरबाग तहसीलमा रहेको आफ्नो मामाको घरमा लगेका थिए।
प्रहरीले ती महिलाको यात्रा कागजात सही रहेको र जावेदसँग विवाह नगरेको बताएको छ । यद्यपि केही मिडिया रिपोर्टमा चिनियाँ महिलाले इस्लाम धर्म स्वीकार गरेको बताइएको छ ।
तल्लो दिरका जिल्ला प्रहरी अधिकारीले चिनियाँ महिलालाई सुरक्षा प्रदान गरिएको र सुरक्षाको चिन्ताका कारण उनको आवतजावतमा प्रतिबन्ध लगाइएको बताए। जावेद र फ्याङले सामाजिक सञ्जाल एप स्न्यापच्याटमा भेटे र तीन वर्षसम्म सम्पर्कमा रहे पछि उनीहरु गहिरो प्रेममा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण