आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै पिनाकल एकेडेमी

शुक्रबार, १२ साउन २०८०, १६ : ४६
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । पिनाकल एकेडेमीले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने भएको छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न लागेको हो । 

१५ साउनमा नयाँ भर्ना भएका विद्यार्थीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको एकेडेमीका प्रिन्सिपल डा ऋषि तिवारीले बताए ।

मानभवन ललितपुरस्थित कृस्टल बैंकुटमा हुने कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई विभिन्न विषयमा जानकारी गराइनेछ । पिनाकलले विगत २५ वर्षदेखि उत्कृष्ट नतिजा निकाल्दै आएको छ । प्सल टु मा साइन्स, म्यानेजमेन्ट, ह्युमनिटिज र ल विषयको अध्यापन हुँदै आएको छ ।

हालै बेस्ट बोर्ड टपर अवार्डबाट सम्मानित भएको थियो । सिपसहितको शिक्षामा जोड दिँदै आएको पिनाकलले विद्यार्थीलाई व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप