सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बेवारिसे अवस्थामा राजधानीबाट निजी कार बरामद

आइतबार, १६ वैशाख २०८१, १७ : २६
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । राजधानीको युएन पार्क नजिकैबाट बेवारिसे अवस्थामा एक गाडी बरामद भएको छ । बा १७ च ११३८ नम्बरको गाडी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेवारिसे अवस्थामा बरामद गरेको हो ।

भन्सार छली गरेर ल्याइएका गाडीहरू राजधानीका विभिन्न स्थानमा बेचबिखन हुने गरेको भन्ने सूचनाका आधारमा खोजीमा खटिएको प्रहरी टोलीले उक्त गाडी बरामद गरेको हो । 

उक्त गाडी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप