सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्तव्य ज्यान घटनामा फरार नौ वर्षपछि पक्राउ

आइतबार, १६ वैशाख २०८१, १७ : २०
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । प्रहरीले कर्तव्य ज्यान घटनामा फरार अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २०७१ सालमा काठमाडौँको सेतीदेवी गाविस वडा नम्बर ६ मा सुनमाया सार्कीलाई कर्तव्य गरी फरार रहेका समरबहादुर सार्की पक्राउ परेका हुन् ।

फरार सार्कीलाई प्रहरीले वैशाख १६ गते चाल्नाखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाएको अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप