साताको सेयर बजार : ३७ अंकले घटेर २१ सय २६ अंकमा आइपुग्यो
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३७ अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार एकै दिन ६३ अंकले बढेको नेप्से परिसूचक त्यसयता भने निरन्तर घटेको हो ।
५ कारोबार दिनमध्ये आइतबारबाहेक अन्य सबै दिन परिसूचक घट्यो । केन्द्रीय बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गरेको थियो । उक्त मितीमा नेप्से परिसूचक ६३ अंकबले बढेर २२ सय २७ अंकको बिन्दुमा पुगेको थियो । त्यसपछि, सोमबार २६ अंकले घटेको नेप्से मंगलबार ३६ अंकले र बुधबार ८ अंकले घटेको थियो ।
यस्तै, बिहीबार परिसूचकमा २९ अंकको गिरावट आएको थियो । यससँगै, यो साता ३७ अंकको गिरावटसँगै नेप्से परिसूचक २१ सय २६ अंकमा आइपुगेको हो । यसैगरी यो साता नेप्सेमा कारोबार रकम भने बढेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम बढेको हो । साताभरमा १६ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन, अघिल्लो साताको तुलनामा २ अर्ब बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण