सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

४४ प्रतिशत नागरिक समेटिए बीमामा

आइतबार, १४ साउन २०८०, ०६ : ५६
आइतबार, १४ साउन २०८०

काठमाडौं । नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमामा समेटिएको ताजा तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्म ४४ प्रतिशतभन्दा बढी नागरिक बीमाको पहुँचमा छन् ।


वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरा ४४ दशमलव २० प्रतिशत नागरिकसम्म फैलिएको छ । यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाहेकको बीमाको दायरामा ३८ दशमलव ९९ प्रतिशत जनसंख्या छ ।

अघिल्लो आवको सोही अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरामा ३९ दशमलव ९५ प्रतिशत जनसंख्या रहेको प्राधिकरणले जानकारी दिएको छ । यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमाबाहेक बीमाको दायरा ३७ दशमलव शून्य ४ प्रतिशत जनसंख्यासम्म फैलिएको थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । बीमाको दायरा ४४ दशमलव २० प्रतिशत पगेसंगै बीमाको पहुँचमा एक करोड २८ लाख ९० हजार ७४३ जना नागरिक छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप