सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ट्रेजरीमार्फत २१ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार

आइतबार, १४ साउन २०८०, १६ : ०५
आइतबार, १४ साउन २०८०

काठमाडौँ । आगामी मंगलबार ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले २१ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउने भएको हो । 

यद्यपि, यो नयाँ ट्रेजरी नभएर पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको बैंकले जनाएको छ । मंगलबार अर्थात् साउन १६ गते बिक्री हुने ट्रेजरीको बोलकबोल साउन १५ गते हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले साउन १५ गते दिउँसो ३ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।   यसअघि केन्द्रीय बैंकले साउन ८ गते ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप