शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिमबाट लाइसेन्स वितरण सुरु

आइतबार, १४ साउन २०८०, १८ : २५
आइतबार, १४ साउन २०८०

सुर्खेत । आइतबारदेखि रुकुम पश्चिमबाटै सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु भएको छ । 

चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको हो ।  

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले एक कार्यक्रमका बीच अनुमतिपत्र कार्यको शुभारम्भ गरेका हुन् । कार्यालय भने तीन वर्ष पहिला नै स्थापना भएको थियो । 

सो कार्यालयबाट आइतबार आठबीसकोट नगरपालिकाका सुदीप ओलीले सवारी चालक अनुमतिपत्र पाएका छन् । साउन २ गतेदेखि लाइसेन्सका लागि अनलाइन फारम खुला भएको थियो । फराम भरेकालाई बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले जनाएको छ । 

कार्यालयले सवारी दर्ता, कर असुल, नामसारी, ब्लुबुक नवीकरण, लाइसेन्स नवीकरण, रुट परमिट जारी, सवारी जाँचपास लगायतका सेवा दिँदै आएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप