सिरहामा एक युवाको शव फेला
मङ्गलबार, १६ साउन २०८०, १० : ०९
जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको छ । जिल्लाको गोलबजार नगरपालिकामा एक अपरिचित युवकको शव फेला परेको हो । गागन खोलाको पश्चिम किनारमा मंगलबार विहान करिब २५ वर्षको जस्तो देखिने युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
खोला किनारको झाडीमा भेटिएको युवकको शव हत्या गरि फालिएको हुनसक्ने प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेको र घाँटीमा गम्छा बेरिएको अवस्थामा भेटिएकोले अन्यत्र कतै हत्या गरी त्यहाँ फालिएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
अनुहारमा किरा समेत लागेकाले दुई चारदिन अगाडी नै घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटना बारे अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण