भियतनामविरुद्ध गोल वर्षा गर्दै नेदरल्यान्ड्स नकआउट चरणमा
मङ्गलबार, १६ साउन २०८०, १५ : २३
काठमाडौँ । नेदरल्यान्ड्स नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘ई’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले भियतनाम विरुद्ध गोल वर्षा गर्यो । उक्त खेलमा नेदरल्यान्ड्सले भियतनामलाई ७—० गोलले हरायो ।
नेदरल्यान्ड्स तीन खेलबाट सात अंक बटुल्दै समूह विजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो । नेदरल्यान्ड्सले समूहगत चरणमा दुई जित र एक बराबरीको नतिजा निकाल्यो । समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सका लागि एस्मी बर्गट्स र जिल रुर्डले दुई—दुई गोलको योगदान गरेका थिए । यसका अतिरिक्त लाइक मार्टेन्स, काट्जा स्नोइज्स र ड्यानियला भान डे डन्कले पनि एक—एक गोलको योगदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण