एफडी मोर्टर्स र कुमारी बैंकबीच कर्जासम्बन्धी सम्झौता
काठमाडौँ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि (एफडी मोर्टर्स) र कुमारी बैंक ली. बीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
दुई पक्षबीच क्रेडिट कार्ड मार्फत शून्य प्रतिशत ब्याज दरमा रु. ३,००,००० (अक्षरुपी रु. तीन लाख) सम्म डाउन पेमेन्ट बिना नै कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको हो । जस अन्तर्गत कुनै पनि ग्राहकहरूले कुमारी बैंक ली. वा एफडी मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरिद गर्न सक्नेछन् । यदि कुनै पनि ग्राहकले कर्जा को भुक्तानी अग्रिम रूपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।
एफडी मोर्टर्स ले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मूल्य रु. २,६१,९९९ र एफ फाइब ए को मूल्य रु. २,९७,९९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण