मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

बिहीबार, १८ साउन २०८०, ११ : ०८
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सार्वजनिक बोलकबोलमार्फत केन्द्रीय बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्था गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बिहीबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । 

विकास ऋणपत्र साउन १९ गते शुक्रबार जारी हुनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुबै प्रणालीबाट बिक्री हुने विकास ऋणपत्रको कूल रकम मध्ये ८५ प्रतिशत अर्थात् ८.५ अर्ब रुपैयाँ प्रतिस्पर्धा र १५ प्रतिशत (१.५ अर्ब रुपैयाँ) विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ । 
 

विकास ऋणपत्रको ब्याज भने अर्धवार्षिक अर्थात् ६÷६ महिनामा प्रदान गरिने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप