निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा छ : अध्यक्ष ढकाल
बिहीबार, १८ साउन २०८०, १८ : २६
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताएका छन् ।
बिहीबार महासंघले आयोजना गरेको आर्थिक नीतिले परिवर्तन गरेका कर नीति र मौद्रिक नीतिको असर विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको बताउँदै निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताए । उनले सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैले वर्तमान आर्थिक समस्याको समाधान तत्कालै गर्नेगरी आउन नसकेको बताए ।
अध्यक्ष ढकालले निजी क्षेत्रले घरजग्गा लगायतका विषयमा दिएको सुझावलाई सम्बोधन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण