नेपाल र भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रको अतिक्रमण हटाए
जलेश्वर । महोत्तरी जिल्लासँग जोडिएको नेपाल र भारतबीचको दशगजा क्षेत्रमा वर्षौंदेखि रहेको अतिक्रमण नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा शुक्रबार हटाएका छन् ।
नेपालतर्फ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ७ र ८ मा तथा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर सहरमा पर्ने सीमा स्तम्भ नम्बर २९५/९ देखि सीमा स्तम्भ नम्बर २९५ सम्मको करिब तीन किलोमिटर अतिक्रमित दशगजा क्षेत्रलाई दुवै देशका संयुक्त सुरक्षाकर्मीले खाली गराएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरले जनाएको छ ।
नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरका सशस्त्र प्रहरी नायब निरीक्षक रवीन्द्र मेहत्तरी सुडीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर अवस्थित सीमा सुरक्षा बल (एसएसबी) का निरीक्षक ऋषिकेशकुमार तथा मधवापुर थानाका सहायक प्रहरी निरीक्षकद्वय बहादुर विभाकर र सियाराम शर्माको कमाण्डमा खटिएका सुरक्षाकर्मीहरूले अतिक्रमित दशगजा खाली गराएका हुन् ।
संयुक्त सुरक्षाकर्मीले दुवै देशतर्फ दशगजा क्षेत्रमा अतिक्रमण गरी स्थानीयले निर्माण गरेका घर, टहरा, गोठ, छाप्रोहरू हटाएका छन् । दशगजा क्षेत्रमा बाँधेर राख्ने गरेका मालमवेशी (वस्तु भाउ), भण्डार गरी राखेका घाँस, दाउरा, भुस, पराल, इँट्टा, ढुङ्गा, बालुवा र अन्य सामग्री पनि हटाइएको छ ।
त्यसैगरी वर्षौंदेखि दशगजा क्षेत्रमा नै पार्किङ गरी राख्दै आएका दर्जनौँ भारतीय नम्बरका गाडीहरू पनि आजदेखि त्यस क्षेत्रमा पार्किङ गर्न नपाउने गरी हटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण