रक्सी पिएर दुःख दिएको भन्दै भान्जा र भतिज मिलेर हत्या
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक पुरुषको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । कुवेर दमाई (हले) को हत्या आरोपमा उनकै भतिज र भान्जा नाता पर्ने दुई युवक पक्राउ परेका हुन् ।
गत साउन १८ गते ३५ वर्षीय दमाईको शव बन्द नदीको बगरमा गाडिएको अवस्थामा फेला परेको थियो । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान गर्ने क्रममा दमाईको भतिज नाता पर्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईलाई नियन्त्रणमा लिएको थियो ।
सोधपुछका क्रममा उनीहरूले मृतक कुवेर दमाईले घरमा आमाबुबालाई दुःख हैरानी दिने, घरमा रहेका सामानहरू समेत बचेर रक्सी खाने गरेको जानकारी दिएका थिए । सोही विषयमा दुई जनाले दमाईलाई बन्द नदीको किनारमा लगेर मादन पदार्थ खुवाएर सम्झाउने क्रममा वादविवाद भएपछि कुटपिट गरेर टाउकोमा ढुङ्गा हानेर हत्या गरेको स्वीकार गरेका छन् ।
मृत्युपछि कसैले थाहा नपाउन् भनेर उनीहरूले दमाईको शवलाई खोला किनारमा गाडेका थिए । घटनामा संलग्न अजय र हरिशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण