शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वृज एडिटिभ्सका नयाँ उत्पादनहरु बजारमा

आइतबार, २१ साउन २०८०, १२ : ०८
आइतबार, २१ साउन २०८०

काठमाडौँ । वृज एडिटिभ्सका नयाँ उत्पादनहरु बजारमा लन्च गरिएको छ । नयाँ संरचना निर्माण तथा पुरानालाई मर्मत सम्भार गर्न वृज एडिटिभ्सका उच्चस्तरीय उत्पादनले स्थायित्व र दीगोपना सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । 
 
जसअनुसार कम्पनीले वाटरप्रुफिङ, रिपेयर तथा एडमिक्सर सलुशन्स बजारमा लिएर आएको छ । वृज एडिटिभ्सले शुक्रबार काठमाडौँको सोल्टीमोडमा रहेको हायात प्यालेसमा भब्य कार्यक्रम गरि यी उत्पादनहरूको औपचारिक रुपमा बजारमा ल्याएको घोषणा गरेको हो । 

वाटर प्रुफिङ्गका लागी कम्पनीले ल्याएको वेदर प्रोप्लस २५०/ब्रिज सेफक्रेटले घरलाई पानीले पु–याउने क्षतिबाट बचाउने बताइएको छ ।  साथै पीलर, बीम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाइ मजबुत र दिगोपन प्रदान  गर्ने कम्पनीको भनाइ छ ।  

यसका अतिरिक्त कम्पनीले  सिल्कन फ्लोमिक्स पीसी ३५०, पीसी ४५०, पीसी ५५० र अल्ट्रा १०० पनि ल्याएको छ । 
कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य ब्यक्त गर्दै उत्पादित बस्तुले ग्रहाक तथा निर्माणकर्मीहरुको मन जित्ने आशा ब्यक्त गरिन् ।  

कलाकार जितु नेपाल ‘मुन्दे्र’ ले प्रस्तुती समेत रहेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव विश्वबाबु पुडासैनी, रेलवे विभागका महार्निदेशक रोहित बिसुराल, सिंचाई विभागका महार्निदेशक सुशील आचार्य तथा  निर्माणकर्मी, इन्जिनियर, कंक्रिड उत्पादनकर्ता र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप