ट्रेजरीमार्फत २६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार
सोमबार, २२ साउन २०८०, १० : ३०
काठमाडौं । ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले २६ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउने भएको हो ।
बैंकका अनुसार २ अर्ब रुपैयाँ नयाँ (फ्रेस) ट्रेजरी जारी गरेर बाँकी रहेको २४ अर्ब १० करोड रुपैयाँ पुरानै ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।
साउन २२ गते दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरीका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले ३ बजेभित्र आवेदन दिन सक्नेछन् । ट्रेजरीको बिक्री भने मंगलबार साउन २३ गते हुनेछ ।
यसअघि केन्द्रीय बैंकले साउन १५ गते २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण