संसद नचलेपछि रविले भने– ‘संसद चल्दैन बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुःखद्’
सोमबार, २२ साउन २०८०, १७ : ३२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभालाई बन्धक बनाएर बार्गेनिङको माध्यम बनाएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेप्रति लक्षित गर्दै उनले संसदलाई बार्गेनिङको माध्यम बनाएकोले कानुन बनाउने र जनसरोकारका विषयमा छलफल र निर्णय गर्ने काम अवरुद्ध भएको बताएका छन् ।
२ पटक समय निर्धारण भएर पनि प्रतिनिधिसभा बैठक बस्न नसकेपछि सामाजिक सञ्जालमार्फत लामिछानेले आक्रोस पोखेका छन् ।
उनले भनेका छन्– ‘वर्षौदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन छन्, जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद ।।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग