संसद नचलेपछि रविले भने– ‘संसद चल्दैन बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुःखद्’
सोमबार, २२ साउन २०८०, १७ : ३२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभालाई बन्धक बनाएर बार्गेनिङको माध्यम बनाएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेप्रति लक्षित गर्दै उनले संसदलाई बार्गेनिङको माध्यम बनाएकोले कानुन बनाउने र जनसरोकारका विषयमा छलफल र निर्णय गर्ने काम अवरुद्ध भएको बताएका छन् ।
२ पटक समय निर्धारण भएर पनि प्रतिनिधिसभा बैठक बस्न नसकेपछि सामाजिक सञ्जालमार्फत लामिछानेले आक्रोस पोखेका छन् ।
उनले भनेका छन्– ‘वर्षौदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन छन्, जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद ।।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण