नेशनल लाइफ इन्स्योरेन्सको बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
काठमाडौँ । शिफ्टिङ द पाराडाइम २०८०/८१ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ दिने वार्षिक ‘सम्मेलन एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ पोखरामा सम्पन्न गरेको छ ।
कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
२०८० श्रावण १८ गते देखि २१ गतेसम्म सम्पन्न गरिएको उक्त सम्मेलनमा विभागीय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
सम्मेलनमा सहभागी कर्मचारीहरूलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरे ।
यसै गरी, नेपाल का चर्चित मनोक्रान्तिका संस्थापक डा. योगी विकासानन्दले सहभागी कर्मचारीहरूलाई तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मन मस्तिष्कलाई सन्तुलन राखी सो बाट प्राप्त हुने सकारात्मक ऊर्जाले तनाव व्यवस्थापन गर्न सकिने विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
आ.व. २०७९÷८० मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरू र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण