एक हजार भन्दा बढी कर्मचारी रहेको राष्ट्र बैंकमा ‘सीए’ ५ प्रतिशत
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा कुल एक हजार ८२ कर्मचारी रहेका छन् । जसमध्ये ५ प्रतिशत मात्र चाटर्ड एकाउन्टेन्ट (सीए) रहेको बैंकको मानव संसाधन विभागले जनाएको छ ।
ह्युमेन रिसोर्स म्यानेजमेन्ट प्राक्टिस इन नेपाल राष्ट्र बैंक’ शीर्षकमा एक अध्ययन गरेको बैंकले आफ्नो कर्मचारीको लैंगिक समूहसँगै उमेर समूह र शैक्षिकस्तरको समेत मूल्याङ्कन गरेको छ ।
सन् २०२२ को मध्यसम्ममा कायम १ हजार ८२ कर्मचारीहरूमा प्रश्न–उत्तर प्रणालीमार्फत अध्ययन गरिएकोमा कूल कर्मचारी मध्ये ७५ प्रतिशत कर्मचारी पुरुष र २५ प्रतिशत मात्र महिला रहेको देखिएको छ ।
यस्तै कूल कर्मचारीमध्ये २ प्रतिशत उच्च तहका अधिकृत रहेका छन् भने ५ प्रतिशत प्रथम अधिकृत स्तरका, १८ प्रतिशत द्वितीय अधिकृत, २७ प्रतिशत तृतीय अधिकारी स्तरका छन् ।
यस्तै, १५ प्रतिशत कर्मचारी प्रथम सहायक, २४ प्रतिशत द्वितीय सहायक, एक प्रतिशत तृतीय सहायक र ८ प्रतिशत गैर श्रेणीस्तरका कर्मचारीहरू रहेका छन् ।
अध्ययन रिपोर्ट अनुसार विशेष अधिकृतदेखि तृतीय सहायक स्तरसम्मका कुल कर्मचारीमध्ये १ प्रतिशत पीएचडी होल्डर कर्मचारी रहेका छन् । यस्तै, एमफल गर्ने कर्मचारीको सङ्ख्या पनि करिब १ प्रतिशतकै हाराहारीमा रहेको अध्ययनले देखाएको छ ।
कूल कर्मचारी मध्ये सबैभन्दा धेरै स्नातकोत्तर गर्नेहरूको सङ्ख्या ६१ प्रतिशत रहेको छ । यस्तै, १९ प्रतिशतले स्नातक गरेका छन् भने ७ प्रतिशतले प्लस टु लेभल र ६ प्रतिशतले एसएलसीसम्मको अध्ययन गरेको पाइएको अध्ययन रिपोर्टले देखाएको छ ।
यसबाहेक चार्टर्ड एकाउन्टेन्ट (सीए) पढेका ५ प्रतिशतले राष्ट्र बैंकमा जागिर खाएको देखिएको अध्ययनले देखाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण