राष्ट्र बैंकले पेन्सन कोषको १ अर्ब १५ करोड ब्याजमा लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १ अर्ब १५ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० भदौ ३ गतेदेखि आगामी वर्ष २०८१ भदौ ३ गतेसम्म कुल ३६६ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।
मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले साउन २३ गतेदेखि साउन २५ गते बेलुका ७ बजेभित्र आवेदन दिन सक्नेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले उचित ब्याजदर प्रस्तावसहित आफुले चाहेको निक्षेपका लागि तोकिएको समय सीमाभित्र आवेदन दिन सक्नेछन् । तर निक्षेपका लागि तोकिएको शर्त भने पुरा गर्नुपर्नेछ ।
केन्द्रीय बैंकका अनुसार कूल १ अर्ब १५ करोड रुपैयाँ मध्य ९२ करोड रुपैयाँ क वर्गका वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने १७ करोड २५ लाख रुपैयाँ ख वर्गका विकास बैंकहरुका लागि र ५ करोड ७५ लाख रुपैयाँ ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण