सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता छ : सांसद दसौदी
बुधबार, २४ साउन २०८०, १४ : ३८
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको बताएका छन् ।
उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा सरकार डराइरहेकाले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको त्यसमा संलग्न रहेको पुष्टि भएको उनले जिकिर गरे ।
बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दसौदीले आफ्नो पार्टीले पारदर्शी ढंगले राज्य संचालन गर्नका लागि उच्चस्तरीय समिति गठन गरी सो प्रकरणको छानबिन गर्न माग गरेपनि संसद अवरुद्ध पार्ने मनसाय भने नराखेको पटकपटक दोहो¥याए ।
सांसद दसौदीले राज्यका सुरक्षा निकायको कडा निगरानी राख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कसरी क्वीन्टलका क्वीन्टल सुन भित्रिएको भनी सरकारलाई प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण