भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
बिहीबार, ०७ साउन २०८३, २० : १२
झापा । भन्सार छलेर भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका रु सात लाख बढी मूल्यका लत्ताकपडा बरामद गरिएको छ।
सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका–८ मेची बस्ती क्षेत्रमा रिक्सामा राखेर नेपालतर्फ ल्याइँदै गरेको २४ बोरा लत्ताकपडा नियन्त्रणमा लिएको हो।
बरामद गरिएका लत्ताकपडा मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको छ। भन्सार कार्यालयले उक्त सामानको भन्सार मूल्य रु सात लाख ३१ हजार ४९० कायम गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेलले जानकारी दिए।
उनका अनुसार अवैध चोरी–निकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको सक्रियता जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण