बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेंगु संक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

बिहीबार, २५ साउन २०८०, १९ : ५९
बिहीबार, २५ साउन २०८०

मकवानपुर । डेंगु संक्रमणका कारण मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।  

डेंगु संक्रमणबाट हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी ३ दिन अघि हेटौँडास्थित सन्चो अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालले प्रधानमा डेंगु संक्रमण भएको पुष्टि गरेको थियो । डेंगु संक्रमण पुष्टि भएपछि घरमै आराम गर्दै आएका प्रधान स्वास्थ्य अवस्था जटिल बन्दा गत मंगलबार पुनः अस्पताल भर्ना भएको सञ्चो अस्पतालका डा। विकास थापाले बताए ।

प्रधान थप उपचारका लागि बुधबार नयाँ मेडिकल कलेजमा भर्ना भएका थिए । प्रधानलाई दोस्रो पटक डेङ्गु संक्रमण पुष्टि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप