श्रमिक वर्गले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणमा नेतृत्वदायी भूमिका खेलेको छ : खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा शुभकामना व्यक्त गर्दै नेपालका समस्त श्रमजीवी जनताका मुक्तिका निम्ति तथा अग्रगति, प्रगतिका निम्ति अझ ठुला सफलताहरू प्राप्त गर्न सकियोस् भन्ने कामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेलिरहेको उल्लेख गरेका छन् । देशमा पुँजीवादी क्रान्ति भएको १८ वर्ष भइसके पनि जनताको आर्थिक स्थितिमा कुनै परिवर्तन आउन नसकेको उनले बताए ।
'मुलुकको कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत राष्ट्रियताका क्षेत्रहरू सङ्कटग्रस्त बनेका छन् । श्रमजीवी जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बीमा र सामाजिक सुरक्षा मात्र पनि पाउन सकिरहेका छैनन् । त्यसले गर्दा हाम्रो देशका युवा श्रमिकहरू प्रत्येक दिन २००० भन्दा बढी सङ्ख्यामा रोजगारीको खोजीमा विदेश जान बाध्य भइरहेका छन् । जबसम्म समाजवादको स्थापना हुन सक्दैन तबसम्म हाम्रो देशका लाखौं लाख श्रमिकहरूको मुक्ति सम्भव छैन', उनले सन्देशमा भनेका छन् ।
श्रमिकमाथि भइरहेका शोषण र उत्पीडनका विरुद्ध ट्रेड युनियनहरूमा अझ घनिष्ठ रूपले एकताबद्ध बन्न र सम्पूर्ण श्रमिकहरूलाई समाजवाद प्राप्तिको दिशामा एकताबद्ध बनाएर अघि बढ्न उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण