बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

श्रमिक वर्गले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणमा नेतृत्वदायी भूमिका खेलेको छ : खनाल

बुधबार, १९ वैशाख २०८१, ०७ : ५९
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा शुभकामना व्यक्त गर्दै नेपालका समस्त श्रमजीवी जनताका मुक्तिका निम्ति तथा अग्रगति, प्रगतिका निम्ति अझ ठुला सफलताहरू प्राप्त गर्न सकियोस् भन्ने कामना व्यक्त गरेका छन् । 

शुभकामना सन्देशमा उनले  श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेलिरहेको उल्लेख गरेका छन् ।  देशमा पुँजीवादी क्रान्ति भएको  १८ वर्ष भइसके पनि जनताको आर्थिक स्थितिमा कुनै परिवर्तन आउन नसकेको उनले बताए । 

'मुलुकको कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत राष्ट्रियताका क्षेत्रहरू सङ्कटग्रस्त बनेका छन् । श्रमजीवी जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बीमा र सामाजिक सुरक्षा मात्र पनि पाउन सकिरहेका छैनन् । त्यसले गर्दा हाम्रो देशका युवा श्रमिकहरू प्रत्येक दिन २००० भन्दा बढी सङ्ख्यामा रोजगारीको खोजीमा विदेश जान बाध्य भइरहेका छन् । जबसम्म समाजवादको स्थापना हुन सक्दैन तबसम्म हाम्रो देशका लाखौं लाख श्रमिकहरूको मुक्ति सम्भव छैन', उनले सन्देशमा भनेका छन् । 

श्रमिकमाथि  भइरहेका शोषण र उत्पीडनका विरुद्ध ट्रेड युनियनहरूमा अझ घनिष्ठ रूपले एकताबद्ध बन्न र सम्पूर्ण श्रमिकहरूलाई समाजवाद प्राप्तिको दिशामा एकताबद्ध बनाएर अघि बढ्न उनले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप