प्रधानमन्त्री प्रचण्ड चितवनमा
शुक्रबार, २६ साउन २०८०, २० : ५३
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आएका छन् । प्रधानमन्त्री शुक्रबार साँझ चितवन आइपुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दुई दिनसम्म चितवनमा रहनेछन् । प्रधानमन्त्री प्रचण्डको शुक्रबार साँझसम्म पारिवारिक भेटघाटबाहेक अन्य कार्यक्रम तय नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नेछन् । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक चितवन आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण